

अत्तरिया- कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा फलफुल वितरण गरिएको छ । अत्तरियाकी धर्मी खड्काले आफ्नो छोरा जीतेन्द्र खड्काको जन्म दिनको अवसर पारी उक्त बिद्यालयमा फलफुल जुस लगायत तीन हजार पाच बराबरको फलफूल बितरण गरेकी छिन् ।






हाल जितेन्द्र खड्का पढाइको शिलशिलामा कोरीयामा रहेका छन् । छोराको जन्म दिनमा आमाले उक्त सहयोग गरेकी हुन् । मेकानिकल ईन्जिनियरिङ कोरिया सरकारले छात्रवृत्तिमा नाम निकालेर उनी अहिले अध्ययन गरी रहेका छन् ।
