भजहर कप फुटबल प्रतियोगिताः बिहानी र वरपिपल युवा क्लब विजयी

धनगढी- कैलालीको कैलारी गाउँपािलका वडा नम्बर ८ लोहरपुरमा भईरहेको तेस्रो भजहर कप फुटबल प्रतियोगितामा विहानी युवा क्लब विजुलिया र वरपिपल युवा क्लब हरिनगर विजयी भएका छन् ।

Navadurga sun
Godawari sandesh

थारुहरुको पर्व भजहरको अवसरमा हरेक बर्ष हुदैं आएको भजहर कपको तेस्रो संस्करण दोस्रो दिनको पहिलो खेलमा विहानी युवा क्लब विजुलियाले ईलाईट युवा क्लब बनकट्टालाई हराएको हो । खेलमा विहानीले ईलाईटलाई १-० ले हरायो ।

Dadeldhura hospital

श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा वरपिपल युवा क्लब हरिनगर विजयी भएको छ । जनकल्याण युवा क्लब अनुपस्थित भएपछि वाई पाएर वरपिपल युवा क्लब क्वाटरफाईनल प्रवेश गरेको हो ।

पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ बैशाख २३ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए ।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।

Loading...