कैलाली चुरेमा काँचो रूख काटेर ओसार्दै गरेको अवस्थामा फेला, मिलेमतोको आशंका

कैलाली- जिल्लाको चुरे गाउँपालिका वडा नं. ६ मा रहेको शिद्ध बाबा आवासिय विद्यालयको हाताभित्र रहेका दुई ओटा टुनिको काँचो रूख काटेर ओसार्दै गरेको अवस्थामा फेला परेको छ ।

Ganyapdhura gau

काटिएका रूख स्थानिय दुई ओटा ट्याक्टर प्रयोग गरी तस्कर हुँदै गरेको अवस्थामा स्थानीयले सोधपुछ गर्दा अवैध विषय सतहमा आएको हो ।

Navadurga sun

Dadhaldhura pur

रोचक कुरा त केछ भने केही दिन अघि मात्रै सव डिभिजन कार्यालय सहजपुरका डिभिजन वन अधिकृत जीबछ यादव स्वयम् स्थलगत अनुगमनमा पुगेका थिए ।

उक्त काँचो रूख काटिएको स्थान सिद्धबाबा आवासिय विद्यालयको हाताभित्रै भएपनि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसन सिं साउदले आफूलाई यो विषय पछि मात्रै थाह भएको बताएका छन् । उक्त रूख राष्ट्रीय वन भित्रको इलाकामा पर्ने बुझिएको छ ।

काठ तस्करी हुँदै गरेको बिषय स्थानिय वन डिभिजन प्रमुखलाई जानकारी भए लगत्तै काचो काठको गोलिया लोड गरी ओसार्न लागिरहेको ट्याक्टर हतारमा बिच बाटोमै काठ फालेर भागेको तर उक्त ट्याक्टर नियन्त्रणमा लिन आफूले कर्मचारी खटाएको र पुष्टि भए नियन्त्रणमा लिई वन ऐन २०७६ को दफा ४९/५० बमोजिम कार्वाही प्रक्रिया अघि बढाउने सव डिभिजन प्रमुख यादवले जानकारी दिएका छन् ।

उक्त विषयमा जिल्ला वन कार्यालय कैलालीका सहायक वन अधिकृत भीम ढकाल आफू उक्त बिषयमा जानकारी रहेकोले सव डिभिजन कार्यालय सहजपुर संग समन्वय गरि आवश्यक कार्वाही प्रक्रिया अघि बढाईने आश्वासन दिएका छन् । यद्यपि उनले वन कार्यालय धनगढीमा लिखित निवेदन पेश गर्नु पर्ने सुझाएका छन् ।

यसरी खुलेयाम रुख कटानी तथा तस्करीका घटना भइरहँदा जिम्मेवार निकायको हलुका जवाफले मिलेमतोको आशंका स्थानीयले गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...