पूर्वउपसभामुख र मन्त्रीसहित ८ जनाले फिर्ता गरेनन् सरकारी सामान

धनगढी- सुदूरपश्चिम प्रदेशका पूर्वउपसभामुख र ५ जना पूर्वमन्त्रीसहित ८ जनाले सेवा सुविधाबाफत लिएको सरकारी सामानहरू फिर्ता नगरेको पाइएको छ । पूर्वउपसभामुख निर्मला बडाल जोशीले निवासमा लगेको सामानहरू फिर्ता नगरेको पाइएको छ ।

प्रदेश सभामा नयाँ सदस्य निर्वाचित भएर आएको ५ महिना बिते पनि पुराना कार्यकालका उपसभामुखसहित ८ जनाले सुविधाबापत लिइएको सामान अझैसम्म फिर्ता नगरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार ल्यापटप फिर्ता नगर्नेमा पूर्वमन्त्री पूर्णा जोशी, पूर्व राज्यमन्त्रीहरु अर्चना गहतराज, मना कुमारी साउँद, मानबहादुर सुनार र माया तामाङ बोहरा रहेका छन् ।

यद्यपी पूर्व मन्त्री जोशीले आफ्नो नामबाट लिइएको देखिएको ल्यापटप पूर्वमन्त्री तथा हालका एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले लिएको बताउँदै आएकी छिन् । आफूले पटक–पटक फिर्ता गर्न अनुरोध गर्दै आएको जोशीको भनाइ छ ।

पूर्व सांसद उमा कुमारी बादी र प्रेम प्रकाश भट्टले पनि ल्यापटप फिर्ता नगरेका हुन् । त्यस्तै पूर्वउपसभामुख जोशीले सरकारी निवासमा रहेको फर्निचर घर लगेको र अझैसम्म फिर्ता नगरेको सचिवालयका सूचना अधिकारी जैशीलेबताए ।

 

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.