जथाभाबी खोटो सङ्कलनले मासिँदै वन

दार्चुला- दार्चुलाको लेकम गाउँपालिका–४, बुरुसेस्थित पारसिला सामुदायिक वनमा मापदण्डविपरीत खोटो ९लिसो० सङ्कलन भइरहेको छ। जथाभाबी खोटो सङ्कलनले वन मासिँदै गएको गुनासो स्थानीयको छ।

पारसिला सामुदायिक वनभित्रका ठूलासाना अधिकांश सल्लाका रूखबाट खोटो सङ्कलन भइरहेको स्थानीय दीपक पालले बताउनुभयो। एक हजार मेट्रिक टन वा सोभन्दा कम परिमाणमा खोटो सङ्कलन गर्ने उद्योगले न्यूनतम पाँच हेक्टर क्षेत्रफलमा खोटे सल्लाको वृक्षरोपण गर्नुपर्ने व्यवस्था गरिएको छ।

खोटो सङ्कलन गरे पनि कुनै कम्पनीले वृक्षरोपण नगरेको पाइएको छ। खोटो सङ्कलनसँगै वृक्षरोपणको अभावमा १० वर्षअघिसम्म सल्लाका घना रुखहरू भएको क्षेत्र नाङ्गा डाँडामा बदलिएको स्थानीयवासी बताउँछन्।

यस जिल्लाका विभिन्न सामुदायिक वनमा लामो समयदेखि अवैध र गैरकानुनी रूपमा खोटो सङ्कलन भइरहेको छ। खोटो सङ्कलनसँगै रुख सुकेर जाने भएकाले घना जङ्गल मासिँदै गएको स्थानीय खेमराज भट्टले बताए ।

खोटो सङ्कलनको अनुगमन तथा निरीक्षणको जिम्मेवारी पाएका वनका कर्मचारीसमेत जानाजान ‘तैँ चुप मै चुप’ हुने गरेको आरोप उहाँको छ। खोटोबाट लाखौँ रकम कमाउने सामुदायिक वनले समेत सल्लाको रूख सुकेको र ढलेकोप्रति कुनै चिन्ता नदेखाएको भनाइ उनको छ।

खोटो सङ्कलन निर्देशिकाविपरीत ३६ इन्चभन्दा पातलो अर्थात् ३० सेन्टिमिटर व्यास भएका रूखबाट खोटो झिकेको, दुईभन्दा बढी घाउ बनाएको, सम्झौताअनुसार कम्पनीले वृक्षरोपण नगरेकोजस्ता कमजोरी भेटिएका छन्।

Bhancha ghar0

खोटो सङ्कलक कम्पनीहरूले खोटो सङ्कलन गरेबापत प्रतिकिलो १२ रुपियाँ दिन्छन्। जति खोटो सङ्कलन ग¥यो त्यति बढी राजस्व आउने भएकाले सामुदायिक वनका पदाधिकारीले उक्त निर्देशिकाको बेवास्ता गर्ने गरेको स्थानीय उपभोक्ताको गुनासो छ।

सामुदायिक वनका पदाधिकारी र वन कर्मचारीकै मिलेमतोमा खोटो सङ्कलक कम्पनीले मापदण्ड मिचेको उपभोक्ताको गुनासो छ। खोटो सङ्कलन गर्ने नाममा रुख सुकाएर काठ बिक्री गर्ने नियतले यस्तो गतिविधि हुने गरेको आरोप लागेको छ। ३६ इन्च गोलाइभन्दा बढीका रुखबाट मात्रै खोटो झिक्न पाइन्छ।

सङ्कलकले भने साना बोट र एउटै रूखमा तीन, चार ठाउँमा घाउ लगाउने गर्छन्। घाउमा माटो र गोबरले पोतेर छाड्नुपर्ने नियम भए पनि त्यसो नगरिँदा रूखहरू विस्तारै सुक्ने गरेका छन्।

त्यस्तै मङ्सिरदेखि फागुनसम्म मात्र खोटो सङ्कलन गर्न पाइने नियम भए पनि अरू समयमा पनि आफूखुसी काम हुने गरेको छ। सामुदायिक वनमा निर्देशिकाविपरीत खोटो सङ्कलन भइरहेको विषयमा नियामक निकाय र सम्बन्धित कार्यालय मूकदर्शक बन्ने गरेको स्थानीय अनिता साउदले बताए ।

धेरै नाफा कमाउन ठेकेदारले सल्लोको रुखमा नाइटिक एसिड प्रयोग गर्ने गरेकोसमेत बताइन्छ। ‘एउटा रुखमा एक ठाउँबाट मात्रै खोटो निकाल्नुपर्ने हो तर मजदुरले दुईतीन ठाउँबाट निकाल्ने गरेका छन्,’ वन कार्यालयका एक कर्मचारीले बताए।

ज्ञान नभएका सामान्य मजदुरलाई खोटो सङ्कलनमा खटाउँदा पनि समस्या देखिएको छ। खोटो सङ्कलनका लागि १० हजारवटा रुख भएको वन र स्पष्टसँग चार किल्ला तोकी छुट्याएको वन क्षेत्रसमेत नहुने गरेको पाइएको छ।

खोटो सङ्कलन कार्यविधिअनुसार नै खोटो सङ्कलन भइरहेको पारसिला सामुदायिक वनका अध्यक्ष मानबहादुर पालको भनाइ छ। सामुदायिक वन र जिल्ला वन कार्यालयसँग सम्झौता गरी मापदण्डअनुसार नै खोटो सङ्कलन भइरहेको दाबी उहाँको छ। खोटो सङ्कलनपछि प्रतिकिलोग्राम १२ रुपियाँका दरले सामुदायिक वनलाई रकम दिने सम्झौता भएको अध्यक्ष पालले बताए । गोरखापत्रबाट

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.