धनगढी- कैलालीको अत्तरियामा विद्युत पोलमा ट्रक ठोकिएको छ । महाकाली राजमार्ग अन्तरगत गोदावरी नगरपालिका – २ तेघरीमा सुपप्र ०१००१ ख २८१४ नम्बरको ट्रकले सडक किनारामा रहेका विद्युत पोलमा ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट ४ वटा विद्युतका पोल भाचिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । अहिले सो क्षेत्रमा विद्युत पोल फेर्ने काम भइरहेको अत्तरिया नो लाइटले जनाएको छ ।
विद्युत पोल भाचिदा सो ठाउँ विद्युत सेवा अवरुद्ध भएको छ भने खानेपानी संचालनमा पनि समस्या भएको अत्तरिया साना सहरी खानेपानी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्रक इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको छ । चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
