

धनगढी- नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरलाई बधाई तथा सम्मान गरिएको छ । कैलाली उद्योग वाणिज्य संघले बुधवार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गर्दै केन्द्रीय सदस्य कुँवरलाई सम्मान गरेको हो ।



कार्यक्रममा संघका ज्येष्ठ सदस्य तिलक बोहराले केन्द्रीय सदस्य कुँवरलाई माला र खादाले सम्मान गरेका थिए । कुँवर यही चैत्र २८ र २९ गते भएको नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक चुनावी साधारण सभाबाट जिल्ला नगरको (खुल्ला तर्फ) बाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ६७ मत ल्याएर विजय भएका थिए ।


बधाई तथा सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कुँवरले यहाँहरूको साथ सहयोगले गर्दा नै आफू विजय भएको बताए । संघको अध्यक्ष रहिराख्दा संघले गरेका कार्यहरूले गर्दा नै अन्य जिल्लका उद्योगी व्यवसायहरूले मूल्याङ्कन गरेर आफूलाई मत दिएको उनले बताए । विगतका दिनमा जिल्ला नगरका समस्याहरू महासंघले सुन्नवाई नगरेको भए पनि अब जिल्ला नगरका समस्याहरूलाई समाधान गर्न गरेर अगाडि बढ्ने उनले बताए ।
कार्यक्रममा स्वागत मन्तव्य कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले गरेका थिए । स्वागत मन्तव्य राख्दै उनले सफल कार्यकालको शुभकामना व्यक्त गरे का थिए ।