उपनिर्वाचनले हामीलाई रूपान्तरण हुन सन्देश दियो, अब नयाँ ढंगले जुट्नेछौँ- विश्वप्रकाश शर्मा

 काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको परिणामले आफूहरूलाई रूपान्तरण हुन सन्देश दिएको बताएका छन्।

तीनवटै क्षेत्रको उपनिर्वाचन नतिजा आएपछि विजयीहरूलाई बुधबार बिहान बधाई तथा शुभकामना दिँदै कांग्रेस महामन्त्री शर्माले पुराना दल तथा नेताले आफूलाई सच्याउनुपर्ने आवश्यकता महसुस गरेका हुन्।

Navadurga sun

‘उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना१ परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ’, महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समयअनुरूप आफूलाई बदल्नुछ। नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी। आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ। जय नेपाल!’

ADD Khali jpg
ADD Khali jpg
Loading...