धनगढीमा लागुऔषध दुव्र्यसन विरुद्ध पदयात्रा

धनगढी- धनगढीमा लागुऔषध प्रयोग विरुद्ध पद यात्रा गरिएको छ । लागुऔषधको प्रयोग विरुद्ध सचेतता जगाउन र एक्यवद्धता जनाउन पदयात्रा गरिएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर-५ को आयोजना तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य प्रवर्धन केन्द्र र निसर्ग हस्पिटल धनगढीको प्रायोजनमा पद यात्रा गरिएको हो ।

Dadeldhura hospital

’लागुऔषध प्रयोग विरुद्ध हिँडौ’ भन्ने नाराका साथ धनगढी पार्कमोडबाट सुरु भएको पदयात्रा धनगढी बजार क्षेत्र, वडा नम्बर-४ हुँदै डिभोडी चोकमा पुगेर समापन भएको थियो । पदयात्रामा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, प्रदेश सभा सदस्य रमेशसिंह धामी, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरा, कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, कैलाली प्रहरी प्रमुख देवेन्द्र पालको सहभागिता रहेको थियो ।

Navadurga sun
Godawari sandesh

पदयात्रामा विभिन्न कलेज, विद्यालय, स्वास्थ्य संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र सर्वसाधारण नगरवासीको सहभागिता रहेको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य धामीले लागुऔषध नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । यस्तै, पदयात्रापछि बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री देउवाले प्रदेश सरकारले लागुऔषधको दुर्व्यसनबाट युवाहरूलाई बचाउन छिट्टै सुधार केन्द्र स्थापना गर्ने बताए । प्रदेश सरकार र स्थानीय सरकार मिलेर लागुऔषध नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्नुपर्ने देउवाले बताए ।

Loading...