धनगढी– धनगढी विमानस्थलमा तारजाली तोडेर घाँस काट्न गएका १७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मंगलबार दिउँसो विमानस्थलको धावन मार्गको पश्चिमतर्फको तारजाली तोडेर घाँस काट्न अनाधिकृत रुपमा प्रवेश गरेका उनीहरुलाई विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले घाँस काटिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको बताए । ‘घाँस काट्न भनेर उहाँहरु विमानस्थलको पश्चिमतर्फबाट तारजाली नाघेर भित्र प्रवेश गर्नुभएको रहेछ,’ भट्टले भने, ‘हामीले १७ जना महिलालाई नियन्त्रणमा लिएका छौँ । उडान सुरक्षाका दृष्टिकोणले यो गम्भीर कुरा हो ।’
भट्टले पहिलो पटक भएकाले उनीहरुलाई स्थानीय जनप्रतिनिधिको रहोबरमा सम्झाइबुझाई गरेर आफन्तको जिम्मा लगाइएको बताए ।
