सुदूरपश्चिम प्रदेशको टिम कोसी प्रदेश प्रस्थान

धनगढी– मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्न सुदूरपश्चिम प्रदेशको टिम कोसी प्रदेश प्रस्थान गरेको छ । प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशको आयोजनामा हुने मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्न सुदूरपश्चिम प्रदेशको टीम त्यसतर्फ प्रस्थान गरेको हो ।

Dadeldhura hospital

१५ सदस्यीय टिम मंगलबार कोसी प्रदेश प्रस्थान गरेको हो । नवराज धामीको कप्तानीमा रहेको टीममा सन्तोष खत्री, बलदेव धामी, बरुण ठगुन्ना, महेश ताम्राकार, तेज नाथ, जितेन्द्र ढुंगेल, रोशन चन्द, नवराज धामी, सुरेन्द्र खड्का, वेदप्रकाश जोशी, मिलन शाह र रमेश बम रहेका छन् ।

Navadurga sun
Godawari sandesh

टोली नेतामा सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह, व्यवस्थापकमा परिषदका सदस्य झलक शाह र प्रशिक्षकमा हिक्मत गिरी रहेका छन् । टोलीको मंगलबार सुदूरपश्चिम प्रदेश खेलकुद परिषदमा एक कार्यक्रम गरी विदाई गरिएको छ ।

Loading...