कैलालीको चुरे गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह

अत्तरिया, ५ बैशाख– कैलालीको चुरे गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्व सन्ध्यामा प्रभात फेरी गरेको थियो । हरेक वर्ष वैशाख १ गते देखी ७ गते सम्म मनाउने व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्व सन्ध्यामा गाउँपालिकाले प्रभात फेरी गरेको थियो । चुरे गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा घरखेडा कैलालीको आयोजना कार्यक्रम भएको थियो ।

Ganyapdhura gau

Navadurga sun
Dadhaldhura pur

उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले व्यक्तिगत घटना दर्ता आफ्नो सम्बन्धित वडा कार्यालयमा गई अनिवार्य घटना दर्ता गराई व्यक्तिगत घटना दर्ता सप्ताहलाई सफल पार्न आम गाउँ बासीहरूमा आव्हान समेत गरेका छन् ।

त्यस्तै गाउँपालिकाको ३, ४, ५ र ६ मा कार्यक्रम भइ सकेको छ भने ३ र ५ भोलि (बुधबार) हुने पञ्जिकरण शाखाले जनाएको छ। त्यस्तै १ र २ नं. वडामा ७ गते हुने जनाइएको छ ।

नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सूचना अनुसार हरेक वर्ष वैशाख १ देखि ७ सम्म देशै भरी व्यक्तिगत घटना दर्ता सप्ताह संचालन हुने गर्दछ । कुनै व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइँ सराइ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जीकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाण पत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ताका रुपमा मानिन्छ । घटना घटेको ३५ दिन भित्र व्यक्तिगत घटना दर्ता (मृत्यु, जन्म, बसाई सराई,सम्बन्ध विच्छेद) गर्दा पैसा लाग्दैन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...