फागुन २१ बाट ‘कमेडी च्याम्पियन २’ सुरु हुने
कमेडी च्याम्पियनको दोस्रो सिजनमा २४ प्रतियोगी छनोट


यही फागुन २१ बाट ’कमेडी च्याम्पियन सिजन २’ सुरु हुने भएको छ । बुधबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा दिइएको जानकारी अनुसार कमेडी च्याम्पियनको दोस्रो सिजनको कान्तिपुर टेलिभिजनमा प्रशारण हुने भएको छ ।



कमेडी च्याम्पियन-२ का लागि देश तथा विदेशबाट ६ हजार भन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । ६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरियो । जसबाट उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएको निर्देशक विशाल भण्डारीले जानकारी दिए ।


उनका अनुसार दोस्रो सिजनका लागि देश तथा विदेशबाट प्राप्त भएको ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्तबाट १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गराइएको छ । कार्यक्रममा पहिलेकै निणर्ायक रहनेछन् । अघिल्लो वर्ष निणर्ायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए । कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले नै गर्नेछन् ।
थ्री प्रोडक्सनले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहने छन् । निर्देशक भण्डारीले कार्यक्रमलाई राम्रो बनाउन आफूहरुले प्रतियोगीहरुलाई धेरै मिहिनेत गर्न लगाइएको समेत बताए ।



