सुदूरपश्चिम प्रदेशको राजधानी अझै किन बनेन : बलायर

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानीका विषयमा प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसद बलायरले प्रदेश राजधानी घोषणा भएको वर्षौं वित्दासमेत संरचना निर्माण नभएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘सुदूरपश्चिमको राजधानी कसले बनाउने हो रु प्रदेशसभाले दुईतिहाइले गोदावरी नगरपालिकामा बनाउने निर्णय गर्‍यो । तत्कालीन नेकपा एमाले र माओवादीको समर्थनमा गोदावरीमा प्रदेश राजधानी बन्ने भयो । तर, त्यतिबेला मेरो पार्टी विपक्षमा थियो । ०७५ सालमा घोषणा भएपनि अहिलेसम्म राजधानी नबन्नुको कारण के हो रु’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सांसद बलायरले प्रदेश राजधानी निर्माणका विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरे । ‘यसैले राजधानी कसले बनाउने हो रु राजधानी बनाउने ठाउँम भोगाधिकार केन्द्रले दिएन । राजधानी बनाउने भन्नेबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्छ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी क्षेत्र सांसद बलायरको निर्वाचन क्षेत्रमा पर्दछ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो सुदूरपश्चिम भ्रमणका विषयमा पनि बलायरले आपत्ति जनाएका छन् ।

उनले गठबन्धनको संस्कारविपरीत प्रधानमन्त्रीले नेकपा एमालेका नेता लेखराज भट्टलाई भेटेकोमा आपत्ति जनाएको बताइएको छ । भट्ट कांग्रेस नेता बलायरसँग कैलाली ४ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

Loading...