विश्व हेमोफिलिया दिवशको अवसरमा दिप प्रज्वलन

अत्तरिया- विश्व हेमोफिलिया दिवशको अवसरमा राष्ट्रिय अपांग महासंघ नेपाल सुदूरपश्चिम प्रदेको समन्वय सहकार्य र हेमोफिलिया सोसाइटी नेपाल धनगढी कैलालीको आयोजनामा पहिलो पटक धनगढीको पार्कमोडमा दिप प्रज्वलन गरि मनाईएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

दिप प्रज्वलन कार्यक्रमका सभाध्यक्ष सुबोध ठाकुर रहनु भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय अपांग महासंघका प्रदेश अध्यक्ष मान बहादुर साउद रहनु भएको थियो ।

Dadeldhura hospital

त्यस्तै विशिष्ट अतिथिमा महासंघका पुर्व अध्यक्ष भीम बहादुर शाह, समाजेवी रामचन्द्र जोशी, सोसाइटीका पदाधिकारीहरु, युवा तिलक बडुवाल, ईन्द्र पाली, कर्मचारी निता विष्ट, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रवद्र्धनका अधिकृत हेम खडका लगायतको उपस्थिति रहेको थियो ।

दिप प्रज्वलन पश्चात हेम खडकाको पहलमा मुख्य मन्त्री कार्यालयमा गई माननीय मुख्य मन्त्री कमल बहादुर शाह, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिह, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप-सचिव विश्वदिप बेस्रा लगायतको महत्वपूणर् उपस्थितिमा मुख्यमन्त्री कार्यालयमै हेमोफेलियाको बर्तमान अवस्था र भावि योजनाबारे जानकारी समेत गराइएको अध्यक्ष साउँदले बताए ।

हाल सुदूरपश्चिम प्रदेशमा सम्पर्कमा रहेका औषधी प्रयोग गर्दै आइरहेका ५० जना छन भने २०७८ को जनगणना अनुसार सुदूरपश्चिम प्रदेशमा ४०२ जना रहेका छन ।

Loading...