कैलालीमा तीन महिनाको अवधिमा लागूऔषधका १७१ जना पक्राउ

कैलाली- कैलालीमा तीन महिनाको अवधिमा लागूऔषध विभिन्न मुद्दाका १ सय ७१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चालू आर्थिक वर्षको ३ महिनामा लागूऔषध सम्बन्धी मुद्दामा १ सय ७१ जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले गएको माघ, फागुन र चैत्र महिनामा उनीहरु पक्राउ परेको बताए।

उनका अनुसारलागूऔषधका ११० मुद्दा परेका थिए । जसमा २१ जना महिला र १५० पुरुष गरि १७१ जना छन् । डिएसपी चन्दले पक्राउ परेकाहरूबाट खैरो हेरोइन ३१४ ग्राम ३७० मिलिग्राम, नाइट्राभेट ५९ ट्याब्लेट,चरेस २६ किलो ४७ ग्राम ९२० मिलिग्राम, स्पास्मो १२१ क्याप्सुल र ब्रुनुफ्रीन ७ ट्याब्लेट बरामद गरिएको बताए। सोही अवधिमा भन्सार छलेर चोरी निकासी पैठारीमा संलग्न २७ सवारीसाधन र २० जना मानिस पक्राउ परेका छन्। उनीहरुबाट ८१ लाख १३ हजार ४६ रुपैयाँ राजश्व संकलन गरिएको छ।

Navadurga sun

यसैगरी सवारीसाधन नियम विपरित चलाई ट्राफिक नियम उलंघन गर्ने सवारीधनिबाट ७१ लाख ७२ हजार ५ सय जरिवाना गरिएको डिएसपी चन्दको भनाई छ। कैलाली अदालतबाट विभिन्न मुद्दामा फैसला भइ फरार रहेका ५६ जनालाई समेत पक्राउ परेका र पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कैलालीमा बुझाएको समेत बताइएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...