‘अब धनगढी दौडिन्छ’ नवौं संस्करणको तयारी पूरा

धनगढी- ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ नयाँ वर्षमा हुने जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन २०२३ को तयारी पूरा भएको छ । नयाँ वर्ष २०८० को अवसरमा धनगढी जेसिजले आयोजना गर्न लागेको म्याराथनको तयारी पूरा भएको बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

आठ वर्षदेखि धनगढी जेसिजले हरेक वर्ष वैशाख १ गतेका दिन हाफ म्याराथन आयोजना गर्ने गरेको छ । प्रतियोगिताका संयोजक मनिष कुँवरले अघिल्ला वर्ष झै यो वर्ष पनि हाफ म्याराथन प्रतियोगिता हुन लागेको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

धनगढी रंगशालाबाट सुरु हुने म्याराथनको खुला दौड अन्तर्गत २१।१ किलोमिटर दौडमा प्रथमलाई नगद ५५ हजार ५ सय ५५, द्वितीयलाई ३३ हजार ३ सय ३३ र तृतीयलाई २२ हजार २ सय २२ नगद पुरस्कार प्रदान गरिने छ ।

यस्तै कर्पोरेट र मिडिया तर्फको ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ । महिला तर्फ ५ किलोमिटर दौडमा प्रथमलाई पाँच हजार ५ सय ५५, द्वितीयलाई ३ हजार ३ सय ३३ र तृतीयलाई २ हजार २ सय २२ नगद पुरस्कार राखिएको मूल आयोजक समितिका संयोजक कुँवरले जानकारी दिए ।

त्यसैगरी १ गते नै ट्राइसाइकल दौड पनि हुनेछ ट्राइसाइकलमा सहभागीलाई सम्मानसहित पुरस्कार दिइने जनाएको छ । जेसिज वर्ष २०२३ का अध्यक्ष मोहनराज ओझाले प्रतियोगितामा धावक, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २ सय ५० जनाको नाम दर्ता भइसकेको र स्थानीयहरुको पनि सहभागिता हुने क्रम जारी रहेको बताए ।

प्रतियोगिताको प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबाट समुद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष ओझाले बताए । जेसिजका पूर्वअध्यक्ष पदमविक्रम सिंहले नगरको शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा सुधारका लागि अब धनगढी दौडिन्छु भन्ने मान्यताका साथ हरेक वर्ष प्रतियोगिता आयोजना गरिन लागेको जनाए । उनले भने, ‘हरेक क्षेत्रलाई दौडाउन हामीले नयाँ वर्षको शुभारम्भका दिन’ अब धनगढी दौडिन्छ प्रतियोगिता गर्ने अवधारणा अघि बढाएका हौँ । यो अभियानले हरेक क्षेत्रमा सुधार सहित अगाडि बढ्न प्रेरणा दिनेछ भन्ने हाम्रो अपेक्षा हो ।’

Loading...