जिल्ला अस्पताल अछामको आकस्मिक मातृ शिशु स्याहार भवनको शिलान्यास

अछाम- जिल्लाको सदरमुकाम मङ्गलसेनमा जिल्ला अस्पताल अछामको एकिकृत आकस्मिक मातृ तथा नवजात शिशु स्याहार भवनको शिलान्यास गरिएको छ ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश सरकारको कुल ३ करोड ४० लाख रुपैयाँको लागतमा ठेक्का प्रक्रियाबाट निर्माण गरिन लागेको भवनको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले शिलान्यास गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सान्सद बल बहादुर सोडारी, हर्क बहादुर कुवर बिशिष्ट अथिति रहेका थिए ।

कार्यक्रममा मङल्सेन नगरपालिकाका नगर प्रमुख पदम बोहरा लगायतको सहभागीता रहेको थियो । स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिस्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाको स्वागत बाट सुरु भएको कार्यक्रमको संचालन जन स्वास्थ्य अधिकृत झपट ढुंगानाले गरेका थिए ।

Loading...