



अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ मा गहुँ थ्रेसिङको दररेट तोकिएको छ । गहुँ थ्रेसर गर्ने ट्याक्टर व्यवसायीहरुले मनोमानी रकम असुल्ने गरेको भन्दै निश्चित दररेट तोकिएको हो ।


जसअनुसार वडामा प्रतिघण्टा थ्रेसिङ गरेको २ हजार र प्रति क्विन्टलका दरले थ्रेसिङ गरेमा ४५० रुपैयाँ तोकिएको छ । वडा अध्यक्ष अर्जुन सिह साउँदले थ्रेसर गर्ने ट्याक्टर व्यवसायीहरुले गहुँ थ्रेसर गरे बाफत मनोमानी ढंगले किसानबाट रकम असुलेको गुनासो आएपछि मुल्य निर्धारण गरिएको जानकारी दिए ।





