अत्तरिया- नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभरका बिभिन्न प्रयोगशाला मार्फत ३ हजार ६९२ जनाको नमुना परीक्षण ९४ जना नयाँ संक्रमित थपिएका हुन् ।



यो सँगै देशभर कुल कोरोना संक्रमित संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । ति मध्ये २ लाख ७० हजार १३९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबिच सरकारले कोरोनावाट ज्यान गुमाएकाहरुको संख्या सच्याएको हो ।


कोरोनावाट ज्यान गुमाउनेको संख्यामा आज एकै दिन ६१९ जना थप गरिएको छ । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । आज १ जनाको मृत्यु भएको छ ।





