सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै कैलालीको अत्तरियामा दीप प्रज्वलन


अत्तरिया- संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै कैलालीको अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता-कार्यकर्ताले सर्वोच्चको फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन । उनीहरुले अत्तरिया चोकको चारैतिर दीप प्रज्वलन गरेर खुसियाली साटासाट समेत गरेका हुन् ।






दीप प्रज्वलन पटि सम्बोधन गर्दै नेकपा कैलालीका जिल्ला सदस्य एवम गोदावरी नगरपालिकाका सह ईन्चार्ज धर्म कुँवरले जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त उपलब्धि गुम्नबाट जोगिएको बताए । उनले सर्बोच्चको फैसला पटि न्याय संरक्षित भएको र नेपाली जनताले न्यायको अनुभूति गरेको बताए ।
नेकपाबाट निर्वाचित गोदावरी नगरपालिका-६ का वडा सदस्य धन बहादुर खड्काले फैसलापछि नेपालको संबिधानको रक्षा भएको महशुस आफूले गरेको बताए । उनले नेपालमा पनि न्याय छ भन्ने महशुस जनताले गर्न पाएको समेत बताए ।



