भरुवा बन्दूक सहित एक जना पक्राउ

डोटी- डोटीको केआइसिंह गाउँपालिका-१ गणेशकाँडाबाट एक जना भरुवा बन्दूकसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा ३७ वर्षीय डिलबहादुर भनिने दीपेन्द्र शाही छन् ।

Dadeldhura hospital

शाहीले घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीचौकी वायलबाट प्रहरी सहायक निरीक्षक भाष्करदत्त पन्तको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

अभियुक्त शाहीलाई अवैध हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा प्रहरीले अवैध हातहतियार राख्नेहरुको सूचना सङ्कलन गर्ने तथा पक्राउ गर्ने कार्यलाई तीव्र रुपमा अगाडि बढाएको छ ।

Loading...