रौतहटमा कुटपिटबाट २५ वर्षीय युवकको ज्यान गयो

काठमाडौं- रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। ईशनाथ नगरपालिका-९ लवताना बस्ने २० वर्षीय गणेश यादवले बुधबार दिउँसो कुटपिट गर्दा घाइते भएका राजदेवी नगरपालिका-१ पथरा बस्ने २५ वर्षीय गजेन्द्र दासको बिहीबार दिउँसो मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बडहर्वाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न हाल फरार गणेशको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। कुटपिटको कारणबारे केही खुलाइएको छैन।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...