
जनकपुरधाम- तराई मधेसमा होलीको हर्षोल्लास छाइरहँदा हात्तीको आक्रमणबाट सिरहाको गोलबजार नगरपालिका-३ मुसहर्नियाका एक युवकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा २२ वर्षीय देवप्रसाद सदा रहेका छन् । गाउँमै आएको हात्तीले आक्रमण गर्दा सदाको मृत्यु भएको स्थानीयले बताएका छन् ।





