सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.२ मा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।नेपाल विद्यार्थि संघ सुदूरपश्चिमाञ्चल क्याम्पस इकाई कमिटी परिवारले होलिको अवसर पारेर सामाग्री हस्तान्तरणका साथै होलि कार्यक्रमको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरी मनाएका छन् ।

सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरुका लागि पढाई हुने विद्यालय हो । अपाङ्गता सवालमा लागि परेका अपाङ्गता अभियान्ता मान वहादुर साउदको टिमको अनवरत प्रयासबाट सुरुमा २०६७ सालमा १० जना अपाङ्गता भएका विद्यार्थीहरुवाट सुरु गरेको यो विद्यालयमा वर्तमानमा ७२ जना अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

Navadurga sun

जसमा ३८ छात्र ३४ छात्रा रहेका छन् । सुदूरपश्चिम प्रदेशको ९ जिल्ला र हुम्ला, मुगु गरी ११ जिल्लाका बालबालिकाहरु यस विद्यालयमा अध्ययनरत छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...