भारतको पिथौरागढमा जिप दुर्घटना : १ जना नेपाली युवकको मृत्यु

दार्चुला- भारतको पिथौरागढ जिल्लास्थित तवाघाट-लिपुलेक सडक खण्डको मान्ती क्षेत्रमा जिप दुर्घटना हुँदा एक जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा एक नेपालीसहित ४ जना घाइते भएका छन् ।

Dadeldhura hospital

शुक्रबार अपराहन्न साढे ४ बजे यूके ०५ त २६८१ नम्बरको जिप दुर्घटना हुँदा व्यास गाउँपालिका-२ दुम्लिङका अन्दाजी ३० वर्षीय रूकुमसिह बुढाथोकीको मृत्यु भएको स्थानीय महेन्द्रसिंह बुढाथोकीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

गर्वाधारबाट धारचुला आउँदै गर्दा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा मालिकार्जुन गाउँपालिका-८ पस्तीका अन्दाजी ४० वर्षीय प्रेमसिंह खत्री घाइते भएका छन् ।

उनलाई उपचारका लागि पिथौरागढ रिफर गरिएको छ। मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि भारतीय सेनाको एम्बुलेन्सले धारचुला अस्पतालमा पुर्‍याएको छ ।

 

 

Loading...