सेतीमा कोरोनामुक्त भएका बिरामीका लागि ओपिडी सेवा सञ्चालन

अत्तरिया, १६ जेठ- कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोनामुक्त भएका बिरामीका लागि ओपिडी सेवा सञ्चालन गरिन लागेको छ । भोली (सोमबार) देखि उक्त सेवा सुचारु हुने अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयल सूचना जारी गर्दै जानकारी दिएका छन् ।

‘कोभिड संक्रमण निको भएका व्यक्तिहरुका लागि १७ गतेदेखि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन हुने भएकाले फ्लोअपका चेकजाँचका लागि यस अस्पतालमा आई सेवा लिन हुन सम्बन्धित सबैको जानकारी लागि अनुरोध गरिन्छ,’ भनि उक्त सूचनामा भनिएको छ । शनिवारबाहेक विहान १० बजेदेखि १२ बजेसम्म सेवा सञ्चालन हुने डाक्टर पाण्डेयले बताए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...