गोदावरी नगरपालिकाको नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन, उपाधि सैनिक आवासियलाई

अत्तरिया, २८ माघ- कैलालीको गोदावरी नगरपालिकाको नगरस्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भएको छ । यही माघ २५ गते बुधबार देखि गोदावरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगिता शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो । उक्त खेल गोदावरी नगरपालिका वडा नं. ६ मा रहेको शैलेश्वर माध्यमिक बिद्यालयको खेल मैदानमा सम्पन्न गरिएको हो ।

त्यस्तै गोदावरी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सैनिक आवासिय मावि तेघरीले हात पार्न सफल भएको छ । उसले १० स्वर्ण, ६ रजत र ३ कास्य पदक सहित उपाधि जितेको हो । सैनिक आवासियले रनिङ शिल्डमा सहभागी ३२ विद्यालयलाई पछि पार्दै दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

सामुदायिक र सस्थागत गरी ३३ विद्यालय सहभागि प्रतियोगितामा ४७ स्वर्ण, ४७ रजत र ५९ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

Dadeldhura hospital

त्यसैगरी सरस्वती मावि ओलानीले ५ स्वर्ण संगै २ रजत, शैलेश्वरी मावि बडेहाँले ४ स्वर्ण संगै ७ रजत र ३ कास्य, दुर्गालक्ष्मी माविले ३ स्वर्ण संगै ११ रजत र १५ कास्य, दुर्गा भवानी माविले २ स्वर्ण संगै ३ रजत, ग्वाँसी माविले २ स्वर्ण संगै १ रजत र १ कास्य, सिद्धबाबा मावि गेटीले २ स्वर्ण संगै ४ कास्य, सरस्वती मावि शेहरीले १ स्वर्ण संगै २ रजत र ६ कास्य, सत्यवती एकेडमीले १ स्वर्ण संगै १ रजत र २ कास्य, जेके माविले १ स्वणर् संगै १ रजत पदक हात पारेका छन् ।

प्रतियोगितामा जनप्रभात मावि, घण्टेश्वर मावि, ब्राइटस्टार पब्लिक मावि, गुहेश्वरी मावि, खप्तड विद्यानिकेतन र भागेश्वरी आवि पदक विहिन बनेका छन् ।

दुर्गा मावि हाटखोली २ रजत र २ कास्य, एभरेष्ट एकेडमी १ रजत ३ कास्य, पुष्पाञ्जली मावि १ रजत र २ कास्य, ज्ञानज्याती बोर्डीङ, मोहना मन्टेश्वरी, सुदूरपश्चिम माविले १/१ रजत र १/१ कास्य पदक जितेका छन । त्यस्तै लोटस आई र जनकल्याण माविले १/१ रजत पदक मात्रै जित्न सकेका छन् ।

राष्ट्रिय मावि बास्कोटा, मालाखेती भिजन र नवज्याती माविले २/२ कास्य पदक जितेका छन भने राष्ट्रिय मावि बल्मी, होलिल्याण्ड एकेडमी, गुरास एकेडमी र शारदा मावि श्रीपुरले १/१ कास्य पदकमा चित्त बुझाउनु परेको छ । उक्त प्रतियोगितामा १२ विद्यालयले मात्रै स्वर्ण पदक जित्न सफल भएका छन् । विजेता टिमलाई शनिबार एक कार्यक्रमका बीच पदक वितरण गरिएको छ ।

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा सम्पन्न पदक वितरण कार्यक्रममा उपप्रमुख सारदा रोकाया, दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका प्रमुख डा. डम्मर पाल, बिभिन्न वडाका वडाअध्यक्ष लगायत शिक्षक/शिक्षिका, विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर कमिटि अध्यक्ष नरेन्द्र राज शर्माले गरेका थिए ।

Loading...