गोदावरी नगरपालिकालाई २० लाखका अत्याधुनिक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकालाई करिब २० लाख रुपैयाँ बराबरका अत्याधुनिक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरिएको छ। युरोपेली संघको आर्थिक सहयोग तथा ईकोको समन्वयमा सञ्चालित ‘शहरी विपद् पूर्वतयारी परियोजना’ अन्तर्गत खोज, उद्धार तथा राहत कार्यका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो।

युएनडीपी, युनिसेफ, युएन वुमेन, ह्याण्डीक्याप इन्टरनेसनलको प्राविधिक सहयोग तथा रुडेकको सहकार्यमा आयोजित कार्यक्रममा युएनडीपीका फिल्ड कार्यालय प्रमुख बैजनाथ गिरी सिंहले नगर प्रमुख वीरेन्द्र भट्टलाई सामग्री हस्तान्तरण गरे। कार्यक्रममा उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Navadurga sun

हस्तान्तरण गरिएका सामग्रीमा र्‍याफ्ट उद्धार डुङ्गा, आकस्मिक पाल (टेन्ट), त्रिपाल, टर्च लाइट, लाइफ बुओय, थ्रो ब्याग, स्ट्रेचर, सेफ्टी बुट, फायर फाइटिङ ज्याकेट, चेन–स मेसिन, ड्रिल मेसिन, २५ फिट लामो भर्‍याङ र अग्निशामक यन्त्रलगायतका अत्यावश्यक खोज तथा उद्धार सामग्री समावेश छन्।

सामग्री ग्रहण गर्दै नगर प्रमुख वीरेन्द्र भट्टले यी उपकरणले मनसुनसहित अन्य प्राकृतिक विपद्का बेला तत्काल उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले सामग्रीको सुरक्षित भण्डारण, पारदर्शी व्यवस्थापन र प्रभावकारी परिचालनमार्फत नागरिकको जिउधनको सुरक्षामा नगरपालिका पूर्ण प्रतिबद्ध रहेको बताए। साथै, युएनडीपी, रुडेक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे।

कार्यक्रममा युएनडीपीका प्रतिनिधिले स्थानीय सरकारको विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि प्राविधिक तथा भौतिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

ADD Khali jpg
ADD Khali jpg
Loading...