सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन, ११ सदस्यीय कार्यसमिति चयन

धनगढी- चलचित्र तथा चलचित्रकर्मीको हक, हित, संरक्षण र प्रवर्द्धनका लागि सुदूरपश्चिमका चलचित्रकर्मीहरू संगठित भएका छन्। प्रदेशमा चलचित्र क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने उद्देश्यले सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन गरिएको हो।

वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशीको अध्यक्षता तथा खडकबहादुर मल्लको विशेष उपस्थितिमा सम्पन्न भेलाले चलचित्रकर्मी सरस्वती खड्का भट्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा वीरेन्द्र सिंह ‘बिरु’, महासचिवमा सुरेन्द्र संगम, सचिवमा विनोद बोहरा ‘बोक्टानी किङ्ग’ र कोषाध्यक्षमा जयन्ती पाण्डेय चयन भएका छन्।

Navadurga sun

नवनिर्वाचित अध्यक्ष भट्टले सुदूरपश्चिमका सबै चलचित्रकर्मीलाई समेटेर संघलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै चलचित्र क्षेत्रको विकास, पेशागत अधिकारको संरक्षण तथा साझा समस्याको समाधानका लागि सबैसँग सहकार्य गर्ने बताएकी छन्। सहभागी चलचित्रकर्मीहरूले पनि लामो समयपछि क्षेत्रका कलाकारहरू संगठित भएकोमा खुसी व्यक्त गर्दै संघले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...