कैलाली कारागारको सुरक्षा र व्यवस्थापनको उच्चस्तरीय अनुगमन, सुधारका लागि निर्देशन

धनगढी- गृह मन्त्रालयका सह-सचिव पुष्पराज शाही, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले आइतबार कैलाली कारागार सुरक्षा गार्डको अनुगमन तथा निरीक्षण गरेका छन्।

अनुगमनका क्रममा टोलीले कारागारको सुरक्षा व्यवस्था, बन्दीहरूको आवास, सरसफाइ, स्वास्थ्य सेवा तथा समग्र कारागार व्यवस्थापनको अवस्थाको निरीक्षण गरेको थियो।

Navadurga sun

निरीक्षणपछि कारागारलाई अझ प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सुधारका उपाय अवलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। साथै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै बन्दीहरूको आधारभूत सेवा–सुविधामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...