आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने चेतावनी

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश स्थानमा बादल लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका हिमाली क्षेत्रमा केही स्थानमा तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा मधेशका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

Navadurga sun

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेकाले नदी, खोला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...