सुदूरपश्चिम सरकार अल्पमतमा, नयाँ सत्ता समीकरणको निर्णय केन्द्रको पर्खाइमा

धनगढी- नेकपा एमालेले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

नयाँ सरकार गठनका लागि कांग्रेस, एमाले र नेकपाबीच प्रदेश तहमा छलफल भइरहे पनि अन्तिम निर्णय केन्द्रको सहमतिमा निर्भर रहेको नेताहरूले बताएका छन्। प्रदेश सभामा २१ सांसदसहित नेकपा निर्णायक अवस्थामा रहेको छ र सरकारको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेको छ।

Navadurga sun

सरकार अल्पमतमा परेपछि प्रदेशको बजेट पनि अन्योलमा परेको छ। बहुमतका लागि २६ सांसद आवश्यक पर्ने प्रदेश सभामा हाल कुनै दलसँग स्पष्ट बहुमत छैन। अब केन्द्रमा बन्ने नयाँ सत्ता समीकरणकै आधारमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुने वा वर्तमान सरकारले विश्वासको मत लिने भन्ने टुंगो लाग्नेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...