धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनबाट निर्वाचित कविन्द्र ठकुल्ला नेतृत्वको कार्य समितिलाई आधिकारिक मान्यता दिएको छ।
आयोगले अधिवेशन विधिवत् रूपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै पदाधिकारी तथा सदस्यहरूको निर्वाचन परिणामलाई यथावत् सदर गरेको हो।

यसअघि गत २४ जेठमा सम्पन्न अधिवेशनविरुद्ध उजुरी परेपछि आयोगले कार्य समितिलाई तत्काल वैधता दिन अस्वीकार गरेको थियो। आयोगको पछिल्लो निर्णयपछि सभापति कविन्द्र ठकुल्लाले यसको स्वागत गरेका छन्।
