सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा बुधबार बृहत् सरसफाइ कार्यक्रम

अत्तरिया- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालय परिसरमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ।

समितिका अनुसार साउन ६ गते बुधबार बिहान ७:३० बजे विश्वविद्यालयको प्राङ्गणमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। विश्वविद्यालय स्थापना अभियानलाई थप सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयवासी, सरोकारवाला निकाय, विभिन्न संघ–संस्था तथा अभियानमा आबद्ध सबैलाई सहभागी हुन आग्रह गरिएको छ।

Navadurga sun

संघर्ष समितिले विश्वविद्यालय परिसरको सरसफाइसँगै विश्वविद्यालय स्थापना अभियानप्रति ऐक्यबद्धता जनाउन सबैको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

उल्लेखनीय छ, सोमबार विश्वविद्यालय प्रशासनले परिसर सरसफाइका लागि सार्वजनिक सूचना जारी गरेको थियो। सोही आग्रहलाई मध्यनजर गर्दै संघर्ष समितिले बृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...