लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ

विराटनगर- लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो १२० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर महानगरपालिका–१५ का २० वर्षीय नजाम खानलाई पक्राउ गरेको थियो ।

Bhancha ghar0

खानले नाम लिएपछि प्रहरीले सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादवलाई पक्राउ गरेको हो । भारतको जोगवनीबाट लागूऔषध ओसारपसार गर्न भरियाको प्रयोग गरेको आरोपमा विराटनगर महानगरपालिका–१४ मा बस्दै आएका सहायक हवल्दार यादव पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भएका यादव विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत छन् । प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा खानले प्रहरी सहायक हवल्दार यादवले जोगवनीबाट लागूऔषध ल्याउन लगाएको बयान दिएका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि प्रहरी सहायक हवल्दार अमरनाथ यादवमाथि माथि अनुसन्धान भइरहेको बताए । ‘लागूऔषसहित पक्राउ परेका व्यक्तीले नाम लिएपछि अनुसन्धान भइरहेको छ’, उनले भने ।

Leave A Reply

Your email address will not be published.