३५ किलो चरेशसहित पक्राउ परे वीरबहादुर

काठमाडौं- प्रहरीले करिब ३५ किलो लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ सानो बाङ्गेका ३२ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

Dadeldhura hospital

चरेशको खरिदबिक्री कारोबार गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले धादिङ गल्छी–७ को एक होटलबाट उनलाई पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

पक्राउ परेका तामाङमाथि लागुऔषध नियन्त्रण–ऐन २०३३ बमोजिम थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धादिङ बुझाएको छ ।

Loading...