अध्यक्ष लिङ्देनकै नेतृत्वमा सरकारमा सहभागी हुँदै राप्रपा

 काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा पार्टी सरकारमा सामेल हुने राप्रपाका एक नेताले जानकारी दिए।

Dadeldhura hospital

उनका अनुसार अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँडै मन्त्रिपरिषद् विस्तार गर्दै छन्।

Navadurga sun
Godawari sandesh

प्रतिनिधि सभामा राप्रपाका १४ सांसद छन्। तर राप्रपाले कतिवटा र कुन कुन मन्त्रालय पाउने भन्ने विषयमा भने निर्णय गर्न बाँकी छ।

Loading...