सुदूरपश्चिमको सभामुखमा कांग्रेसका मानबहादुर रावलले दिए उम्मेदवारी

धनगढी– सुदूरपश्चिमको सभामुखमा नेपाली काङ्ग्रेसका मानबहादुर रावलले मनोनयन दर्ता गरेका छन्। सुदूरपश्चिम प्रदेशको सभामुख पदमा कांग्रेसका तर्फबाट ज्येष्ठ सदस्य मानबहादुर रावलले बुधबार दिउँसो मनोनयन दर्ता गरेका हुन् । उनको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन् ।

Dadeldhura hospital

सुदूरपश्चिमपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली काङ्ग्रेसका सुदूरपश्चिममा १९ जना प्रदेशसभा सदस्य छन् । सभामुखमा मनोनयन दर्ता गराएका मानबहादुर रावल अछामबाट निर्वाचित भएका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच माओवादीले सुदूरपश्चिमको सभामुख लिने सहमति भएको छ ।

Navadurga sun
Godawari sandesh

त्यस्तै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् । माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर भण्डारीको प्रस्तावकमा रहेका छन् । नेकपा एमाले र माओवादी सहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ । सभामुख चयनका लागि सुदूरपश्चिममा बिहीबार मतदान हुनेछ ।

Loading...