सुदूरपश्चिमको सभामुखमा माओवादीले बनायो भीम भण्डारीलाई उम्मेदवार

Bhancha ghar0

धनगढी– नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् । भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन् । उनी बझाङ प्रदेश क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ । नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ । सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने बताइएको छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.