बझाङ्गमा हिउँ परेपछि यार्सा संकलकहरू गाउँ फर्कन थाले

बझाङ्ग, ११ जेठ- बझाङ्गमा यार्सा संकलन गर्ने ठाउँमा हिउँ परेपछि यार्सा संकलक गर्न गएकाहरू गाउँ फर्किन थालेका छन्। वैशाखको पहिलो साता यार्सा संकलनका लागि लेक पुगेका स्थानीयवासीहरू सो क्षेत्रमा हिउँ परेपछि घर फर्किन थालेको साइपाल गाउँपालिकाका गोबिन्द बोहराले बताए ।

सुर्मा गाउँपालिकाको धाना, वारी कुण्ड चुवाबन, पल्लो खोला लगाएत बुंगल नगरपालिका र साइपाल गाउँपालिकाको यार्सा संकलन गर्ने सबै ठाँउमा हिमपातका कारण यार्सा संकलन गर्न गएकाहरू घर फर्किन थालेका हुन् । केही दिन घर बसेर उनीहरू हिउँ पग्लिन थालेपछि पुनः यार्सा संकलनका लागि लेकतिर जाने यार्सा संकलकहरू बताउँछन् ।

Navadurga sun

यस वर्ष जलवायु परिवर्तनका कारणले पनि यार्सा संकलनमा कमी आएको बताइएको छ । यार्सा पाइने ठाँउमा मानिसहरूको बाक्लो उपस्थिति हुनु र ती ठाँउमा विभिन्न प्लास्टिक, सिसा, जुत्ता, चप्पल, कपडा तथा फोहोरमैला बढेका कारण पनि यार्सा पाउने क्रम घटेको हो ।

यार्सा संकलन गर्ने ठाँउमा फोहोरमैला नियन्त्रण गर्न बझाङ्गको एक गैरसरकारी संस्था सहारा नेपालले पहल सुरु गरेको संस्थाका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...