बैतडीको शिवनाथ गाउँपालिकाका अध्यक्ष सहित ९ जनामा संक्रमण देखिएपछि गाउँपालिकाको सेवा बन्द

बैतडी, ७ जेठ– बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गाउँपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुस्मा चन्दसहित गाउँपालिका अन्य सात कर्मचारीमा कोरोना पुष्टि भएको हो।

Ganyapdhura gau

केही दिनअघि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष चन्दले बताए। सङ्क्रमण पुष्टि भएका सबै होम आइसोलेशनमा छन्। सङ्क्रमित सबैको अवस्था सामान्य रहेको उपाध्यक्ष चन्दले बताए।  जिल्ला बाहिर कतै नगएको र गाउँपालिकाकै काममा रहेका बेला सङ्क्रमण भएको हुनसक्छ उनले भने, “सङ्क्रमण देखिएका हामी सबैको अवस्था सामान्य छ, लक्षण खासै देखिएका छैनन्।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सङ्क्रमितले जडीबुटी सेवनमा जोड दिएको बताएका र छिट्टै सङ्क्रमण निको हुने बताएका छन्। सबै होम आइसोलेशनमा रहेका र हामी छिट्टै कोरोना जितेर काममा फर्किने गाउँपालिकाका अध्यक्ष साउदको विश्वास रहेको छ। उनले भने, “लक्षण केही छैनन्, अवस्था सामान्य नै छ, जडीबुटी सेवनमा जोड दिएका छौँ, छिट्टै सङ्क्रमणमुक्त हुन्छौँ।”

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा जेठ १७ गतेसम्म बन्द रहेका जनाएको छ। सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि भन्दै गाउँपालिकाका सेवा बन्द गरिएका हुन्।

गाउँपालिकामा हालसम्म ८१ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए। कोरोना सङ्क्रमणबाट बच्नका लागि अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनसमेत गाउँपालिकाले अनुरोध गरेको छ। यसका साथै जिल्ला प्रशासन कार्यालयले पनि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। (रासस)

Couple
Loading...