चुरेको ५ को वडाध्यक्ष भलिबल प्रतियोगिताको उपाधि नमूना सृजनशिललाई

धनगढी- कैलालीको चुरे गाउँपालिकाको तेस्रो वडाध्यक्ष भलिबल प्रतियोगिताको उपाधि चुरे गाउँपालिका–५ को नमूना सृजनशिल युवा क्लबले जितेको छ । वडास्तरीय प्रतियोगितामा दोस्रो खानीडाँडा बजार टिम र तेस्रो शुक्र माध्यमिक विद्यालय खानिडाँडाको टिम भएको छ ।

Dadeldhura hospital

प्रतियोगितामा प्रथम हुने नमूना सृजनशिल युवा क्लबले १० हजार नगद र प्रमाण पत्र ट्रफि पाएको छ भने दोस्रो हुने खानीडाँडा बजार टिमले नगद सात हजार प्रमाणपत्र र ट्रफी पाएको छ । यस्तै तेस्रो हुने शुक्र माध्यमिक विद्यालयले नगद चार हजार प्रमाणपत्र र ट्रफी पाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रतियोगितामा शुक्र मावि खानीडाँडाका खेलाडी भानसिंह बिक उत्कृष्ट घोषित भए । उनले नगद पाँच सय प्राप्त गरे । गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष बीरबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाँउपालिका अध्यक्ष चक्रबहादुर बोगटी रहेका थिए ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बोगटीले खेलकुद स्वस्थ जीवन र अनुसाशनका लागि महत्वपूर्ण भएको बताए । यस्ता प्रतियोगिताले स्थानीय स्तरमै राम्रा खेलाडी उत्पादन गर्न र खेलमा सक्रिय खेलाडीका लागि प्रोत्साहन हुने उनले बताए ।

Loading...