

बैतडी- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि बैतडीमा समय निर्धारण गरिएको छ । सर्वदलीय राजनीतिक छलफलबाट उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको हो । सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ देखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने बैतडीका सहायक निर्वाचन अधिकृत तिर्थराज अचार्यले बताए ।



त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १२ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गर्नेछ । नेकपा एमाले र एकीकृत समाजवादीका लागि १ देखि २ बजे सम्मको समय निर्धारण गरिएको छ ।


नेपाली काँग्रेसको लागि ३ बजे र नेकपा माओवादी केन्द्रका लागि ४ बजेको समय तोकिएको छ । जनता समाजवादी पार्टीका लागि साढे ४ बजेको समय निर्धारण गरिएको छ । त्यस्तै स्वतन्त्रको हकमा भने सयम निर्धारण गरिएको छैन । स्वतन्त्रले बिहान १० देखि ५ बजे सम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।





