प्रहरीका निर्वाचन सेल प्रमुखकाे सरुवा, थापाकाे ठाउँमा कुँवर

काठमाडौं- सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक सहकुल थापाको सरुवा गरेको छ। सोमबारको क्याबिनेट बैठकले थापालाई प्रहरी एकेडेमीमा सरुवा गरेको हो। थापा प्रहरीको केन्द्रीय निर्वाचन सेल प्रमुख थिए।

प्रहरी एकेडेमीका प्रमुख रहने एआईजी रिक्त रहेको थियो। यसअघि प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कार्य विभाग प्रमुख रहेका थापालाई केन्द्रीय निर्वाचन सेल प्रमुख बनाएको थियो। थापा नेकपा एमालेनिकट रहेको आरोप लाग्ने गरेको छ।

Navadurga sun

थापाको सरुवासँगै कार्य विभागमा रहेको डीआईजी बसन्त कुँवरले अब निर्वाचन सेलको नेतृत्व गर्नेछन्। कुँवर केही समयअघि मात्र डीआईजीमा बढुवा भएका हुन्। आफ्नो ब्याचमा उल्लेख्य छर्लांग मारेर पहिलो नम्बरमा पुगेका उनी एकाएक आगामी आईजीपीका बलिया दावेदार देखिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...