सशस्त्रमा थपियो एक एआईजीको दरबन्दी

काठमाडौं– सरकारले सशस्त्र प्रहरी बलमा एक एआईजीको दरबन्दी थप गरेको छ। भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले एक एआइजीको दरबन्दी थप गरेको हो।

एक एआईजी थप गरेको निर्णय अहिलेसम्म गुपचुप राखिएको छ। सशस्त्रमा २ एआइजीको दरबन्दी भएकोमा १ थप भएसँगै ३ पुगेको छ। कार्य तथा सीमा सुरक्षा विभागलाई अलग अलग गरेर २ वटा विभाग बनाइएको छ। थप भएको एआईजीको दरबन्दी भदौ २७ गते प्रहरी किताबखानामा दर्ता समेत भइसकेको छ।

Navadurga sun

थप भएको १ एआईजी पदमा डीआईजी वंशीधर दाहाललाई बढुवा गर्ने तयारी सरकारको छ।दाहाल एआइजी भएको अवस्थामा हालका आइजी राजु अर्यालपछि आईजी बन्ने समेत सम्भावना रहन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...