जापानका लागि उडेको वाइडबडीमा धुवाँ आएपछि काठमाडौं फर्काइयो

काठमाडौँ- यात्रु लिएर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट धुवाँ निस्किएपछि काठमाडौं नै फर्काइएको छ।

मंगलबार राति १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौं नै फर्काइएको हो।

Navadurga sun

मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको विमान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल छाडेको आधा घण्टामै फर्काइएको हो।

निगमका अधिकारीका अनुसार विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ आएको संकेत ककपिटमा देखिएपछि चालक दलले जहाज काठमाडौं नै फर्काएका हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...