गोवा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा चार नेपालीको मृत्यु

भारतको उत्तरप्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपाली नागरिकको मृत्यु भएको छ। शनिबार बिहान साढे ३ बजे बाराबंकी जिल्लामा बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा चार जना नेपाली नागरिकको मृत्यु भएको र २४ जना घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

प्रहरीका अनुसार बसमा ६० जना नेपाली कामदार थिए। सो बस नेपालबाट गोवा जाँदै थियो। तर महानगुपुर गाउँमा पुग्दा बसको एउटा टायर पन्चर भएको थियो। सडक छेउमा रोकेर बसको टायर फेरिरहेको बेलामा तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ। एक जना प्रहरी अधिकारी पुरनेन्दु सिंहका अनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरू प्रेम थारू, सीतल थारू र चक्र बहादुर छन्।

Navadurga sun

एक जनाको सनाखत भएको छैन। घाइतेहरूको बराबंकी जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ६ जनालाई लखनउको केजिएमयू ट्रमा सेन्टरमा रिफर गरिएको छ। ‘अरू यात्रुहरू सुरक्षित नै छन्। हामी उनीहरूलाई नेपालमै फिर्ता पठाउने तयारीमा छौं,’ सिंहले भने। मृतकको शव पोष्टमर्टमको लागि अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान अघि बढाएको भारतीय प्रहरीले जनाएको छ।एजेन्सी

ADD Khali jpg
ADD Khali jpg
Loading...