कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापमा चुनौती

कञ्चनपुर, ६ भदौ- कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा पुरुष ९५ र महिला २० कैदीबन्दी राख्ने क्षमता रहेको छ । तर कारागारमा अहिले २० महिला सहित चार सय २९ पुरुषलाई राखिएको छ । ती मध्ये लागुऔषध मुद्दाका मात्रै एक सय ५२ रहेका छन् ।

Dadeldhura hospital

क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिएपछि बस्नका लागि समेत समस्या भएको छ । कैदीबन्दी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ । राति सुत्नका लागि समेत कैदीबन्दीले पालो मिलाउँदै आएका जनाइएको छ । सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भेल बग्ने भएकाले कैदीबन्दीले अनिदोमै रात काट्नुपर्ने वाध्यता समेत रहेको छ । ‘थोरै पानी पर्दा समस्या छैन’, कारागारका जेलर मायाकुमारी बस्नेत थापाले भनिन् ‘ठूलो वर्षा भए कैदीबन्दीलाई बस्न र सुत्नका लागि निकै समस्या हुने गरको छ ।’

godawari10 Mahila hinsa
Navadurga sun

कैदीबन्दीको संख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको उनले बताइन् । ‘कारागारको क्षमताभन्दा कैदीबन्दीको संख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ’, उनले भनिन्, ‘सबै भवन पुराना छन् । बर्षातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीबन्दीलाई राख्नु परेको छ ।’ उनका अनुसार भित्र ठाउँ नभएर बाहिर क्षेत्रमा त्रिपाल टाँगेर समेत कैदीबन्दीलाई राखिएको छ । ‘केही दिनभित्रै अन्य जिल्लामा बढी भएका कैदीबन्दीलाई स्थानान्तरण गर्छौं’, थापाले भनिन्, ‘कम कैदीबन्दी भएका जिल्लाका कारागारमा स्थानान्तरणका लागि प्रक्रिया थालेका छौँ’, कारागारभित्र रहेका भवनमा ६ शौचालय र ८ बस्ने कोठा रहेका छन् । शौचालय जानका लागि समेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नुपरेको कैदीबन्दीले बताएका छन् ।

वर्षौं पहिले निर्माण भएका भवन जीणर् भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटकपटक पत्राचार गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको जेलर थापाले बताइन् । कोरोनाको संक्रमणको खतरा भए पनि हालसम्म कुनै पनि कैदीबन्दीमा कोरोनाको संक्रमण देखा नपरेको उनले बताइन् । उनले भनिन केही कैदीबन्दीमा भाइरल ज्वरोको संक्रमण देखिएकाले उपचार भइरहेको समेत थापाले बताइन् ।

Loading...