कांग्रेस नेता गिरिको आजै अन्त्येष्टि गरिने

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदैछ। शनिबार राति ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिनेछ। कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ।

त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा सदस्यसमेत रहेका गिरि लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए। समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए। घाँटीको क्यान्सर भएपछि भारत गएर शल्यक्रिया गरेका गिरि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए। उनलाई निमोनियाले च्याप्नुका साथै शरीरका धेरै अंगले काम गर्न छाडेका थियो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...